Autism Awareness

Autism Awareness Campaign: A Step Towards Inclusivity

हाडिगाउँमा अटिजम सम्बन्धी सचेतना कार्यक्रम सुरु 

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर ५ को पहलमा आज शनिबारदेखि हाडिगाउँमा अटिजम सचेतना कार्यक्रमको शुरुवात भएको छ । यस कार्यक्रमले समाजमा स्वलीन वर्णक्रम विकार (अटिजम) सम्बन्धी चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

वडा अध्यक्ष वीरेंद्र प्रजापतिको विशेष पहलमा सुरु हुन लागेको हो ।  उनले आफ्नो धारणा राख्दै भने, “अटिजम भएका बालबालिकाहरूलाई बुझ्न र स्वीकार गर्न सक्ने समाज निर्माण गर्नु हाम्रो दायित्व हो। यस सचेतना अभियानले समाजलाई शिक्षित बनाउँदै, बालबालिकाहरूको उज्ज्वल भविष्यको बाटो खोल्नेछ।“

अटिजमले जसले बालबालिकाको व्यवहार, सञ्चार र अन्तरक्रियामा प्रभाव पार्दछ। अझै पनि यो विषयमा धेरैलाई थाहा नभएको कारण, बालबालिकाको हेरचाह, र उपचारको अभावले बालबालिकाको जीवनमा ठूलो असर पारिरहेको छ।

यस कार्यक्रमको उद्देश्य समाजमा अटिजमसम्बन्धी भ्रमहरू हटाउँदै, सहिष्णु र समावेशी सोच विकास गर्नु हो। यो अभियानले हाडिगाउँ मात्र नभई सम्पूर्ण वडामा सकारात्मक सन्देश पु¥याउने अपेक्षा गरिएको छ।

समाजका सबै तह र तप्काका व्यक्तिहरूले यस कार्यक्रमलाई समर्थन गर्दै सहभागी हुने आशा गरिएको छ। अटिजम सचेतनाका लागि यो महत्वपूर्ण कदमले समावेशी समाज निर्माणमा टेवा पु¥याउने कार्यक्रमको उदेश्य रहेको छ ।

Share

Add Your Comments

Your email address will not be published. Required fields are marked *